Logo

एम. अधिकारीबारे एमालेले दियो प्रष्टीकरण


३० असार ०७९,काठमाडौं । नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्यमा रहेका एम. अधिकारी भन्ने व्यक्ति नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको प्रष्टीकरण दिएको छ ।

आफ्नो नाम जोडेर प्रचार भएपछि गभर्नर अधिकारीले यसबारे स्पष्ट पार्न एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखेपछि एमाले पार्टी कार्यालय सचिव भीष्म अधिकारीले यसबारे प्रष्टीकरण दिएका हुन् ।

एमाले पार्टी कार्यालय सचिव अधिकारीले गभर्नर अधिकारीलाई पठाएको जवाफी पत्रमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरू एमालेको विभागमा नराख्ने वैधानिक व्यवस्था रहेको उल्लेख छ । ‘हाम्रो पार्टी र विभागहरूमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरू रहने वैधानिक व्यवस्था छैन । तसर्थ त्यो विभागमा उल्लेखित एम। अधिकारी खोटाङ भनी उल्लेखित व्यक्ति तपाईं राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको व्यहोरा स्पष्ट गर्दछु’, पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्