Logo

मंगलबजारबाट जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ

स्केज : श्याम फुयाँल\ललितपुर खबर

१ साउन ०७९, ललितपुर । ललितपुर महानगरपालिका ११ मंगलबजार मनिडोलस्थित केदारमान ब्यञ्जनकारले सञ्चालन गरेको खाजा पसलमा जुवा खेलिरहेको अवस्थामा १५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त पसलमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४ हजार ८ सय रुपैयाँ र ६ वटा पासा सहित फेला पारी पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्