Logo

महाँकाल गाँउपालिकाले करारका कर्मचारी हटाउने, राजनीतिक दलको विरोध


१ साउन ०७९, ललितपुर । दक्षिण ललितपुरको महाँकाल गाँउपालिकाले करारका कर्मचारी हटाउने निर्णय गरेसँगै आफू निकट कर्मचारी हटाएको भन्दै राजनीतिक दलले विरोध जनाएका छन् । गाँउपालिकाको कार्यपालिका बैठकबाट गाँउपालिकामा १० बर्षदेखि काम गरिरहेका ४५ जना कर्मचारी हठात निकालेको भन्दै विरोध भएको हो ।
नेकपा एमाले महाकाल गाँउपालिका अध्यक्ष पुरुषोत्तम हुमागाईले गाँउपालिकाले पार्टी हेरेर कर्मचारी हटाएको आरोप लगाए । उनले भने, हामी यो निर्णयको सशक्तप्रतिरोध गर्छौं । छिट्टै विरोधको कार्यक्रम सार्वजनिक हुन्छ ।
नेकपा माओवादी गाँउपालिकाले अध्यक्ष बुद्ध नेगीले गाँउपालिकाले गरेको निर्णयमा आफूहरु बोलि नसकेको बताए । उनले भने, ‘काम गरिरहेका कर्मचारीहरु हटाउदा विरोध भएको छ ।’
गाँउपालिकाका अध्यक्ष गणेश केसीले छिट्टै सूचना प्रकाशित गरेर करारमा कर्मचारी भर्ना प्रकृया सुरु हुने बताए । उनले भने, विशेषज्ञ ल्याएर परिक्षा लिन्छौं । प्रतिश्पर्धात्मक रुपमा भर्ना हुन्छ । उनले एक दुई जना कर्मचारी खराव भएका कारण अपिैय निर्णय लिनु परेको बताए ।
गाँउपालिकाले कृषि, भेटेनरी, ल्याप टेक्निसियन(मानिखेल अस्पतालका बाहेक,१० वर्षसम्म कार्यालय सहयोगीको रुपमा काम गरेका कर्मचारीहरुको करार अवधि नथप्ने भएको हो ।
साथै गाँउपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत,सव निञ्जिनियर,खानेपानी तथा सरसफाई टेक्निसियन,आईएमएस अपरेटर,फिल्ड सहायक,उद्यम विकाश सहजकर्ता,कानूनी सहजकर्ता बाहेकका कर्मचारीको करार अवधि थप गर्ने गाँउपालिकाले जानकारी दिएको छ ।
गाँउपालिकामा सूचना प्रविधि अधिकृतका रुपमा काम गरिरहेका माधव घिमिरेले आजबाट आफू कार्यालय नजाने बताए । उनले भने, ‘के गर्ने भन्ने हामीमा अझैं अन्र्याल छ । साथीहरुसँग बसेर सल्लाह गछौं ।’

प्रतिक्रिया दिनुहोस्