Logo

लागुऔषधसहित नागढुंगाबाट भारतीय नागरिक पक्राउ

shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

२ साउन, ०७९, काठमाडौं ।  नेपाल प्रहरीले लागुऔषधसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले महोत्तरीको गौशालाबाट काठमाडौं आउँदै गरेको बा ४ ख ५१४४ नम्बरको यात्रुबाहक बसमा सवार भारत विहारका १८ वर्षीय विवेक कुमारलाई आइतबार पक्राउ गरेको हो ।

झोलामा लुकाएर ल्याएको अवस्थामा नागढुङ्गामा जाँचका क्रममा लागुऔषधसहित कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका भारतीय नागरिकसँग ७०० एम्पुल डाइजेपाम, ७०० एम्पुल फेनार्गन, ७०० एम्पुल नुर्फिन र भारतीय आधार कार्ड बरामद गरेको छ ।

पक्राउ परेका कुमारलाई लागुऔषध नियन्त्रण २०३३ को कसुरमा जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्