Logo

सुनको मूल्य सोमबार ह्वात्तै बढ्यो


२ साउन ०७९, काठमाडौं । सोमबार सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, आइतबार छापावाल सुन तोलाको ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार १ सय रुपैयाँ निर्धारण भएको थियो । यता, आइतबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार १ सय ६५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १ हजार १ सय ६० रुपैयाँ कायम रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्