Logo

३४ इन्स्पेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस(सूची)

२ साउन ०७९, काठमाडौं । नेपाल प्रहरीका ३४ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । प्रहरी महानिरीक्षक नेतृत्वमा बसेको बढुवा समितिले होम बहादुर थापालाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ ।

बढुवा हुनेमा अधिकांश प्रहरी सहायक निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेको ‘विभागीय’ टोली छन् । बढुवाको तीब्र प्रतिस्पर्धामा रहेका पिजी–७ औं समूहका इन्स्पेक्टरहरू बढुवामा छुटेका छन् । १५ वटा दरबन्दी रिक्त राखेर प्रहरी प्रधान कार्यालयले बढुवा सिफारिस सूची प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्