Logo

काठमाडौंको तारेकेश्वरमा कार र मोटरसाइकल ठोक्किएर गम्भिर दुर्घटना

© ????? ????????????? ???

३ साउन ०७९ काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका ८ लामाबजारमा गएराति कार र मोटरसाईकल ठोक्किँदा दुई जना गम्भीर घाईते भएका छन् ।
घाइते हुनेमा मोटरसाईकल चालक नुवाकोटका २२ वर्षिय अनमोल डंगोल र पछाडी सवार तनँहुका २७ वर्षिय अर्जुन घर्ती रहेका छन् । घाइते दुबैको ग्रिनसिटी अस्पतालमा उपचार भैरहेको छ ।
गएराति साढे ११ बजे बा १५ च ३६५५ नम्बरको कार र बा ९६ प ८७९४ नम्बरको मोटरसाईकल ठोक्किएका थिए ।
दुबै सवारी साधन र कार चालक नियन्त्रणमा लिएको प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ । न्युज कारखाना

 

प्रतिक्रिया दिनुहोस्