Logo

काभ्रेमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु, १ घाइते

३ साउन ०७९, काभ्रे । काभ्रे रोशी गाउँपालिका ११ डालाबेशीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ७० प ४१८२ नम्बरको मोटरसाइकल सोमबार बिहान साढे २ बजे डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा चालक सिन्धुलीको मझुवा गाउँपालिका-५ का १९ वर्षीय मिलन मग्रातीको मृत्यु भएको हो ।
मग्रातीको धुलिखेल अस्पतामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा मोटरसाइकल पछाडि बसेका मृतकका २१ वर्षीय दाइ प्रेमबहादुर मग्राती घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्