Logo

जोरपाटीमा प्राकृतिक ग्याँस विस्पोट (तस्विरहरु)

३ साउन ०७९, काठमाडौं । काठमाडौं जोरपाटीमा लेदो माटो र पानीसहितको फोहोरा निस्किएको छ । स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको प्रहरी वृत्त बौद्धले जनाएको छ । एक घण्टाअघि निस्किएको उक्त फोहोरा अहिले पनि निरन्तर छ ।

माटो र बालुवाको लेदो आकाशतर्फ उड्दा वरपरका घरहरुमा हिलो र लेदो भरिने बाहेकको थप क्षति नभएको प्रहरी वृत्त बौद्धले जनाएको छ । यसबारे अध्ययन गर्न प्रहरीले खानी विभागका अधिकारीहरुलाई बोलाएको छ ।

 

तस्बिरः रमेश खतिवडा

 

प्रतिक्रिया दिनुहोस्