Logo

काठमाडौंमा जुवाको खालबाट छ जना पक्राउ

स्केज : श्याम फुयाँल\ललितपुर खबर

४ साउन ०७९, काठमाडौं । काठमाडौं महानगरपालिका ६ गणतन्त्र चोक डेरा गरी बस्ने खोटाङ चिसापानी घर भएकी ३४ वर्षीया संगिता राईको कोठामा जुवातास खेलिरहेको अवस्थामा राई समेत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनको कोठामा जुवातास खेलिरहेको सूचनापछि प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार ४५ रूपैयाँ र एक बुक तास सहित फेला पारी पक्राउ गरेकोप्रहरीले बताएको छे ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्