Logo

पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध, काठमाडौं आउन जान ठप्प

फाइल तस्विर

४ साउन ०७९, काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । मङ्गलबार राति परेको वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका ५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो ।
सडकमाथिबाट खसेको पहिराका कारण उक्त खण्ड दुईतर्फी रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको उनले बताए ।
पृथ्वीराजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला–बेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्