Logo

ह्वातै घट्यो सुनको भाउ, तोलाको कति ?

५ साउन ०७९, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो । बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहीबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्