Logo

चाबहिलबाट १ करोड रुपैयाँबराबरका अवैध सामग्री बरामद

shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

५ साउन ०७९, काठमाडौं । प्रहरीले काठमाडौंको चाबहिलबाट अवैध रूपमा नेपाल भित्रिएको १ करोड रुपैयाँबराबरका विभिन्न सामग्री बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न ब्रान्डका विदेशी चुरोट, गुट्खा, हुक्का फ्लेबर्स, अक्सिमिटर र पटाकालगायत सामग्री बरामद गरेको एसपी कृष्ण कोइरालाले बताए । उक्त सामग्रीको मूल्य करिब १ करोड रहेको अनुमान प्रहरीको छ ।

प्रहरीका अनुसार सामग्री पर्साको प्रसौनी गाउँपालिका– १ घर भएर कपन बस्ने ४० वर्षीय छविलाल अगस्तीले काठमार्डौं भित्र्याएको खुलेको छ ।

 

प्रतिक्रिया दिनुहोस्