Logo

ललितपुर ३ बाट जलवायु विज्ञ डाक्टर पाँडले स्वतन्त्र उम्मेदवारी दिने


५ साउन ०७९, काठमाडौं । जलवायु विज्ञ डाक्टर अरनिको पाँडेले संसदीय चुनावमा ललितपुर क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।
सामाजिक सञ्जालबाट बिहीबार पाण्डेले प्रतिनिधि सभा चुनावमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
आगामी चुनावमा ललितपुर ३ बाट स्वतन्त्र उम्मेदवार भई चुनावी मैदानमा उत्रिन तयारी गरेको उनले बताएका हुन् । उनले भनेका छन्,‘मैले जलवायु परिवर्तन, वातावरण र दीगो विकासजस्ता क्षेत्रमा देश विदेशमा हासिल गरेको दक्षता र अनुभवले देशको सेवा गर्नेछु। यहाँहरू सबैको सहयोगको अपेक्षा गर्दछु ।’
उनले बाहिर जति कराए पनि सल्लाहकार बनी जति कोशिश गरे पनि परिवर्तन ल्याउन आफैंले सदनबाट सरकारको जवाफदेहिता माग्नुपर्ने र सहमतिका साथ नीतिनियम बनाउनुपर्ने देखेर सांसदमा उम्मेदवारी दिन लागेको बताएका छन् ।
ललितपुर निर्वाचन क्षेत्र ३ बाट गएको निर्वाचनमा माओवादी केन्द्रकी नेता पम्फा भुसाल जितेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्