Logo

बढ्यो कोरोना संक्रमणदर, थप ४५६ जनामा संक्रमण पुष्टि

६ साउन ०७९, काठमाडौं । पछिल्लो २४ घण्टामा ४५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३ जार ८३८ परीक्षणमा ४५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२ हजार १६८ पीसीआर परीक्षणमा ३८४ र १ हजार ६७० एन्टिजेन परीक्षणमा ७२ जना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८० जना कोरोना भइरस संक्रमणमुक्त भएका छन् । देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ८४१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्