Logo

काठमाडौंको गोकर्ण र हलचोकमा २ जना मृत फेला


७ साउन ०७९, काठमाडौं । काठमाडौंको हलचोक र गोकर्ण उत्तरबाहीमा २ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका ४ गोकर्ण उत्तरबाहिनी बस्ने ५० वर्षीय श्री कुमार श्रेष्ठ आफ्नै घरको कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी काठमाडौं महानगरपालिका १५ हलचोकस्थित सडकको पेटीमा बनाएको अस्थायी छाप्रोमा गोरखा आरुघाट घर भएकी ३० वर्षीया प्रमिला भट्ट शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
घटनाहरुका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्