ऐतिहासिक राणाकालीन भवनहरु भत्केपछि अलपत्र (तस्विरहरु)

७ साउन ०७९, काठमाडौं । भुकम्प गएको ७ वर्ष पुरा भयो तर राजधानीमा रहेका राणाकालीन ऐतिहासिक भवनहरु सरकारको बेवास्ताका कारण अझै जीर्ण छन् । बैकल्पको अभावमा कतिपय कार्यालयहरु यिनै जोखिमपूर्ण भवनमै समेत सञ्चालनमा छन् ।
२००७ सालअघि राणापरिवारको अधिनमा रहेका यी भवन पछिल्ला समय सरकारी कामकाजका अड्डाका रुपमा प्रयोगमा थिए । केही भवन पुर्ननिर्माण र रेक्ट्रिोफिटिङ गरिए पनि धेरै भवन लथालिङ अवस्थामा छोडिएको छ ।

यी भवन बनाउदा बज्र प्रयोग गरिएको थियो । जंगबहादुर बेलायत भ्रमण गरेर फर्केपछि सुर्की(इटाको धुलो, चुन) प्रयोग गरेर सिमेन्टको विकल्पको रुपमा प्रयोग गरे । बज्र बनाउदा दाल ध्यु र चाकुको समेत प्रयोग गर्ने गरिएको बताइन्छ ।
पछिल्ला समय यी एतिहासिक भवन पुरानै ढाँचाबाट पुर्ननिर्माण गरिनु पर्ने आवाज उठिरहेको छ । रानी पोखरीको त्रिचन्द्र कलेज छिटने पुर्ननिर्माण गर्न दवाव दिदै विद्यार्थीहरु आन्दोलित समेत भए ।

राणाकालीन भवन पुर्ननिर्माणका लागि केही भवन टेण्टर समेत भएर रोकिएको छ । आधुनिक सिमेन्ट र डण्डी प्रयोग गर्ने बाहानामा केही सम्पदाका रंग र रुप विगारिएको भन्दै विरोधको आवाज सुनिएको छ । यस्ता ऐतिहासिक सम्पदा जस्ताको तस्तै आउँदो पुस्तालाई हस्तान्तरण गर्न सके हाम्रो पुस्तालाई इतिहासले सम्झनेछ । नत्र धिक्कार्नेेछ ।
लेन्स : न्युज एजेन्सी नेपाल









