Logo

ललितपुरमा मात्रै २ सयभन्दा बढी कोरोनाको सक्रिय सङ्क्रमित

७ साउन ०७९, काठमाडौं । पछिल्ला दिनमा ललितपुरमा मात्रै ललितपुरमा २ सय बढी कोरोनाका सक्रिय सङ्क्रमित पुगेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ९ सय ७१ छ । काठमाडौँमा ५ सय बढी सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । यसैगरी आज ८६ सङ्क्रमणमुक्त भएका छन् ।
यस्तै मोरङ रसङ्क्रमितमध्ये दुई हजार ८ सय ३२ जना ‘होमआइसोलेशन’, १ सय ३९ ‘संस्थागत आइसोलेशन’ र २५ जना ‘आइसीयूमा’ उपचाररत छन् । मनाङ, मुस्ताङ, जाजरकोट, कालिकोट, मुगु, हुम्ला, बाजुरा, डडेल्धुरामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य छ । आज दुई लाख ३६ हजार ७३८ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।
पछिल्ला दिन कोभिड १९ बाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थालेको छ । आज दुई हजार ९ सय ९६ नमूनाको परीक्षण गर्दा ३ सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको ले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्