Logo

सुन्दरीजल खोलामा एक जना बेपत्ता

७ साउन ०७९, काठमाडौं । काठमाडौं सुन्दरीजल खोलामा खसेर एक किशोर बेपत्ता भएका छन् । साथीहरुसँग घुम्न गएका कपनमा १६ वर्षका शुभम श्री न्यौपाने खोलामा खसेर हराएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको विशेष टोलीले उनको खोजी गरिरहेको प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । उनका अनुसार शनिबार विहान शिवपुरी राष्ट्रिय निकुञ्जभित्र पर्ने सुन्दरीजलमा घुम्न गएको ७ जनाको टोलीका एक सदस्य प्रधान हराएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्