Logo

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो


८ साउन ०७९, काठमाडौं । आज आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ भने सुनको मूल्य प्रतिकिलो ५ सय रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य ९४ हजार रुपैयाँ छ । गत शुक्रबार छापावाल सुनको मूल्य ९४ हजार रुपैयाँ, तेजावी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ थियो ।
आज चाँदीको मूल्य प्रतितोला ११ सय ५५ रुपैयाँ छ । गत शुक्रबार चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्