Logo

सन् २०२३–२०३३ लाई भ्रमण दशक मनाउने घोषणा

८ साउन ०७९, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशकका रुपमा मनाउने घोषणा गरेको छ । मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा नेपालको पर्यटन विकांसका लागि भ्रमण दशकका रुपमा मनाउन लागिएको जानकारी दिइएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, नेपाल पर्यटन बोर्ड तथा अन्य सम्बन्धित मन्त्रालयको सहयोगमा तीन महिनाभित्र आवश्यक तयारी अघि बढाइने मन्त्रालयको भनाइ छ ।

पत्रकार सम्मेलनमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन प्रवर्द्धनलाई अभियानको रूपमा अघि बढाउनुपर्ने बताए । कोरोना महामारीको मारमा परेको पर्यटनको पुनरुत्थानका लाग कार्ययोजना सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले भ्रमण वर्षको रुपमा उत्सव मनाउनुभन्दा पनि अभियानकै रुपमा अघि बढाउनुपर्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्