Logo

खातामा रकम नभएको चेक दिएर ठगी गर्ने व्यक्ति बालाजुबाट पक्राउ

८ साउन ०७९, काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटका चन्द्रबहादुर सुनार बालाजुबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोको टिमले उनलाई बालाजुबाट शनिबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि आइतबार जिल्ला अदालत ललितपुरमा पेश गरेको छ ।
सुनारले आफ्नो खातामा पर्याप्त रकम नभएको जान्दाजान्दै झुक्यानमा पारेर प्राइम कमर्सियल बैंकको चेक जाहेरीवालालाई भुक्तानी गरेका थिए । सुनारलाई एक दिन कैद र २४ लाख रुपैयाँ जरिवानाको सजाय फैसला भएको छ । बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम उनलाई सो कैद तथा जरिवानाको ठहर गरिएको प्रहरीले जनाएको छ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्