Logo

प्रतिनिधिसभा बैठक: कारागार विधेयक पारित 

 

८ साउन ०७९, काठमाडौं । संसदले कारागार विधेयक २०७८ पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले कारागार विधेयक २०७८ सर्वसम्मतले पारित गरेको हो ।

गृहमन्त्री बालकृष्ण खाणले कारागार विधेयक २०७८ पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

आइतबार नै पारित गर्नुअघि सो विधेयकमाथि बैठकमा दवाफार छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्