Logo

काठमाडौंको जुवा अड्डाबाट ४ जना पक्राउ

स्केज : श्याम फुयाँल\ललितपुर खबर

८ साउन ०७९, काठमाडौं । काठमाडौं महानगरपालिका १६ बसन्तनगरस्थित धादिङ निलकण्ठ नगरपालिका ९ स्थायी घर भएका ३८ वर्षीय गणेश विश्वकर्माको तुम्देन सेकुवा कर्नरबाट जुवातास खेलिरहेको अभियोगमा गणेश विश्वकर्मा सहित ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त सेकुवा कर्नरमा जुवातास खेलिरहेका सूचनापछि प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई १ बुक तास र नगद ३० हजार ६ सय ३० रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरुका सम्न्धमा प्रहरीले अन’सन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्