Logo

सुन्दरीजलमा ढुंगाको चेपमा अड्किएको अवस्थामा भेटियो शव

८ साउन ०७९, काठमाडौं । काठमाडौंको सुन्दरीजल खोलामा खसेर बेपत्ता भएका किशोरको शव भेटिएको छ ।शनिबार हराएका १६ वर्षीय शुभमश्री प्रधानको शव आइतबार भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
ढुंगाको चेपमा अड्किएको अवस्थामा प्रधानको शव भेटिएको हाृ । शनिबार साथीहरुसँग घुम्न गएका कपनका प्रधान खोलामा खसेको स्पिकर टिप्न जाँदा लडेका थिए ।

खोलामा हराएलगत्तै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको विशेष टोलीले उनको खोजी गरेको थियो । प्रधानसहित ७ जना घुम्न शिवपुरी राष्ट्रिय निकुञ्जभित्र पर्ने सुन्दरीजलमा गएका थिए ।

प्रतिक्रिया दिनुहोस्