Logo

ललितपुरको वालकुमारीमा जिपको ठक्करबाट स्कुटर चालक मगरको मृत्यु

९ साउन ०७९,ललितपुर । ललितपुर बालकुमारी खरीबोटमा जिपको ठक्करबाट एकजनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक चितवन घर भई ललितपुरको झम्सिखेल बस्ने २३ वर्षीया रेखा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएकी उनको उपचारको क्रममा बी एण्ड बी अस्पताल ग्वार्कोमा मृत्यु भएको हो । दुर्घटनामा स्कुटरको पछाडि सवार ललितपुरको धोबिघाट बस्ने २३ वर्षीया शकुन्तला घर्ती घाइते भएकी छन् । उनको बी एण्ड बी अस्पतालमा उपचार जारी छ ।

ग्वार्कोबाट कोटेश्वरतर्फ जाँदै गरेको बा ४५ प १३४५ नम्बरको स्कुटरलाई आज बिहान सवा ३ बजे नम्बर नखुलेको जिपले ठक्कर दिएको थियो । दुर्घटनापछि जिप सहित फरार भएका चालकको खोजी भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्