Logo

तीनकुनेमा चिनियाँले चलाएको कल सेन्टरमा प्रहरी छापा

९ साउन ०७९, काठमाडौं । काठमाडौं तीनकुनेमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले विशेष सूचनाको आधारमा छापा मारेको हो ।
एक घर भाडामा लिएर उनीहरुले कल सेन्टर चलाइरहेका थिए । घरबाट ल्यापटपलगायतका विद्युतीय उपकरणहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।
यसैबीच कल सेन्टरमा छापा मार्न गएको प्रहरीलाई अवरोध गरेको आरोपमा ७ जना महिला पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली विशेष सूचनाको आधारमा छापा मार्न गैरीगाउँको कल सेन्टरमा पुगेको थियो । तर ती महिलाले प्रहरीलाई अभद्र व्यवहार गर्दै छापा मार्न अवरोध गरेका थिए । त्यसपछि उनीहरुलाइ पक्राउ गरेर गौशाला लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्