Logo

ललितपुर वालकुमारीमा स्कुटरलाई टक्कर दिएर भाग्ने चालक र गाडी पक्राउ


९ साउन ०७९, ललितपुर । ललितपुरको वालकुमारीमा एक स्कुटरमा ठक्कर दिएर भाग्ने बलेरो ललितपुर प्रहरीले पक्राउ गरेको छ ।
आज बिहान अन्दाजी ३ बजे बजेको समयमा ललितपुर महानगर ८ बालकुमारी केएफसी रेष्टुरेन्ट अगाडी सडकमा कोटेश्वरबाट सातदोवाटोतर्फ आउदै बोलेरोले बिपरित दिशाबाट आइरहेको बा ४५ प १३४५ नम्बरको स्कुटरलाई ठक्कर दिएर भागेको थियो । बोलेरो र चालक जिल्ला सिन्धुपालचोक वलेफी गा.पा. वडा नं. ६ बस्ने वर्ष २६ को रेल बहादुर मगरलाई भक्तपुर सल्लाघारी बाट नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
दुर्घटनापछि प्रहरीटोली घटनास्थलमा पुगी घाईतेहरु चितवन घर भई हाल ललितपुर धोबिघाट बस्ने स्कुटर चालक बर्ष २३ कि रेखा थापा र स्कुटरको पछाडी सवार बर्ष २३ की सकुन्तला घर्तीलाई तत्काल विएण्ड वि अस्पताल पुर्याईएकोमा उपचारको क्रममा रेखा थापाको बिहान ०५ः०० बजे अस्पतालमा मृत्यु भएको थियो । गम्भिर घाइते सकुन्तला घर्तीलाई थप उपचारको लागी ट्रमा सेन्टर पठाइएको छ ।
उक्त स्कुटरलाई ठक्कर दिई फरार भएको पहिचान नखुलेको चालक र सवारी साधन, सिसि टिभी फुटेजको अध्ययन र घटनास्थल वरपरका स्थानीयहरुसँग खोपुछपछि प्रदेश ३–०१–०२२– च. ९१७९ नम्बरको बलेरोबाट दुर्घटना भएको भन्ने खुल्न आएपछि उक्त बोलेर र चालकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
उक्त दुर्घटना गराउने बलेरो दुध बोक्ने गाडी भएको समेत खुल्न आएको प्रहरीको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्