Logo

वसन्तपुर र जोरपाटीमा दुई जना मृत भेटिए


१० साउन ०७९, काठमाडौं । काठमाडौंको वसन्तपुर र जोरपाटीमा एक एक जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका ८ बेशीगाउँ बस्ने उदयपुर ताप्ली गाउँपालिका ३ घर भएका ५१ वर्षीय जुलु बहादुर तामाङ सोही नगरपालिका ५ जोरपाटी सुन्दरीटोल सडकपेटीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका २४ बसन्तपुर कालभैरव मन्दिर पछाडी हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्