Logo

दुवाकोटबाट लागूऔषधसहित सुजन खड्का र उनकी श्रीमती बिनिशा पक्राउ

११ साउन ०७९, भक्तपुर   भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ९ सय ७२ ट्याब्लेट सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका–१४ घर भएका २१ वर्षीय सुजन खड्का र उनकी श्रीमती १९ वर्षीया बिनिशा खड्का रहेका छन् ।

प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूको डेरा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्