Logo

काठमाडौंको बुढानिलकण्ठमा एकजनाको करेन्ट लागेर मृत्यु

©lalitpurkhabar.comshyam phuyal

१२ साउन ०७९, काठमाडौं । काठमाडौंको बुढानिलकण्ठमा एकजनाको करेन्ट लागेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ७ धनगाँउस्थित नयाँ बन्दै गरेको घरमा काठको फर्निचरको काम गर्ने क्रममा करेन्ट लागेर सिन्धुली घर भएका ४० वर्षीय तुलबहादुर तामाङको मंगलबार दिउँसो मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्