Logo

फोटोपत्रकारिता पुरस्कारका लागि अक्षयकोषमा रकम हस्तान्तरण


१३ साउन ०७९, काठमाडौं । नेपाली फोटोपत्रकारिता क्षेत्रमा योगदान दिने फोटोपत्रकारलाई पुरस्कृत गर्न अक्षयकोष स्थापनाका लागि ३ लाख रुपैया हस्तान्तरण गरिएको छ ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखालाई दिवगंत पत्रकार एमडी कुलुङको परिवारले बिहीबार तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
दिवंगत पत्रकार कुलुङको नाममा सहयोग जुटाउन क्रियाशील विद्यार्थी नेता थोमस बाँस्तोलाले विदेशमा रहेका नेपालीहरूको सहयोगमा आर्थिक संकलन गरी महासंघलाई हस्तान्तरण गरिएको बताए ।
यस रकमबाट देशभरका पत्रकार मध्ये १ जना फोटोपत्रकार र दुईजना खोज मुलक समाचार लेख्ने पत्रकार साथीहरूलाई पुरस्कृत गरिने सम्झौता भएको छ । पुर्वसभापति अशोक श्रेष्ठ समेत अन्य दिवंगत १४ जना पत्रकारको स्मृतिमा स्थापित रु. २० हजार नगद राशिका १४ वटै पुरस्कारहरुको व्यवस्था शाखाले आन्तरिक स्रोतबाट गर्दै आएके छ । अक्षय कोष निर्माण गर्ने रकम प्राप्त भएसंगैं पुरस्कारको स्रोत सुनिश्चीतता भएको शाखाले जानकारी दिएको छ ।
काठमाडौं शाखाले अक्षयकोषमा थप रकम सहयोग गर्न चाहने महानुभावलाई सम्पर्क गर्न समेत अपिल गरेको छ ।
कार्यक्रममा दिवंगत पत्रकार कुलुङको श्रीमती विष्णुकुमारी लिम्बू र उनको छोराको पनि उपस्थिति थियो ।

 

प्रतिक्रिया दिनुहोस्