Logo

पोखराबाट काठमाडौं उडेको यती एयरलाइन्सको इन्जिनमा खराबी देखाएपछि…

३ साउन ०७९, काठमाडौं ।  पोखराबाट काठमाडौं उडेको यती एयरलाइन्सको एक जहाजको इन्जिनमा खराबी देखिएपछि पोखरा नै फर्काइएको छ । जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा ‘रेड लाइट’ देखाएपछि थप जोखिम नलिने निर्णय गर्दै पाइलटले जहाज पोखरा अवतरण गराएका हुन् ।

पोखराबाट बिहान ८ बजे उडेको यती एयरलाइन्सको ६७२ उडान नम्बरको एटीआर ७२ जहाजमा ४५ जना यात्रु थिए । काठमाडौं उडेको ६ मिनेटमै पुनः पोखरामै फर्काइएको हो ।

प्रतिक्रिया दिनुहोस्