Logo

काँग्रेस नेता न्याछ्योद्वारा ललितपुर ३ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा


ललितपुर खबर
१४ साउन ०७९, ललितपुर । नेपाली काँग्रसका नेता भरतलाल न्याछयोले आसन्न संसदीय निर्वाचनमा ललितपुर क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।
ल्लितपुर खबरसँग न्याछयोले भने, आउँदो संसदीय निर्वाचनमा मैले स्वतन्त्र ललितपुर क्षेत्र नं. ३ उम्मेदवारी दिने तयारी गरेको छ ।
उनले आफूले नेपाली काँग्रेस परित्याग गरेको समेत बताए । भने, ‘जीवनकालभर काँग्रेस भइयो । मेरो कहिले पनि मुल्यांकलन भएन । सधैं काँग्रेस हुनु पर्नें तर अवसरचाही कहिले पनि नपाइने ।’
आफ्नो उम्मेदवारीका सन्दर्भमा सामाजिक सञ्जालमार्फत उनले दलीय निरंकुसताको अन्त्य, राष्ट्रिय स्वाभीमानको रक्षा, प्रदेशसभाको खारेजी, भ्रष्टाचार मुक्त समाज, २०४८ देखि सत्ता र शत्ति मा रहेका असफल नेतृत्वको पराजय, हिन्दु राष्ट्रको पुर्नस्थापना, प्राकृतिक श्रोत र साधन माथी बीदेशीहरूको गीद्दे दृष्टिलाई नियन्त्रण आदि राष्ट्रिय मुद्दा आफ्नोपनि प्रमुख एजेन्डा जानकारी दिएका छन् । उनी गतस्थानीय निर्वाचनमा ललितपुर महानगरको मेयरको आकाक्षी थिए । पार्टी केन्द्रले नेता चिरीबाबु महर्जनलाई टिकट दिएपछि उनी रुष्ट थिए ।
स्थानीय निर्वाचनको उम्मेदवारी दर्ताको समयमा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई अंगालो हालेर बधाइ दिएपछि उनी एमाले पार्टीमा प्रवेश गर्न सक्ने सर्वत्र अनुमान गरिएको थियो ।
उनले सामाजिक सञ्जालमाफत नै आफ्ना शुभचिन्तकहरुलाई सल्लाह दिन आह्वान गर्दै ठेगाना र मोवाइल नम्बर सार्वजनिक गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्