Logo

ललितपुर जिल्ला संघको सहकारी प्रवर्द्धन केन्द्र सञ्चालनमा

१५ साउन ०७९, ललितपुर । जिल्ला सहकारी संघ ललितपुरले दुग्ध, तरकारी तथा खाद्य वस्तुको विक्री वितरण शुरु गरेको छ । संघको प्रवर्द्धन केन्द्र भवनबाट आजदेखि किसानले उत्पादन गरेका वस्तुहरुको विक्रीबितरण शुरु गरिएको हो ।

सहकारी संस्थामार्फत् किसानहरुले उत्पादन गरेको तरकारी, फलफुल, गेडागुडी, मासुको विक्री शुरु गरिएको छ भने दुग्ध सहकारी संस्थाका लागि आवश्यक दुग्ध सामग्री र अन्य दुग्धजन्य परिकारहरुको विक्रीवितरण गर्ने पसल सञ्चालनमा ल्याइएको हो ।

हालका लागि साताको दुइदिन शुक्रबार र शनिबार हरियो तरकारी, गेडागुडी र मासु विक्री गरिने जिल्ला संघका निवर्तमान अध्यक्ष माधव दुलालले जानकारी दिनुभयो । हालका लागि परीक्षणको रुपमा ल्याइएको र भविष्यमा साताभर नै बजार सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

ग्रामीण किसानहरुले उत्पादन गरेका वस्तुको बजारीकरण गरी उनीहरुको आयस्तर वृद्धिमा सहयोग पुर्याउनका लागि यो कार्यक्रम शुरु गरिएको उहाँको भनाई छ ।
संघले यसअघि गेडागुडी, खाद्यान्न, पीठो, गुन्द्रुक र दुग्धजन्य पदार्थ साताभरि नै विक्री वितरण गर्दै आएको थियो । भारतीय दूतावासको सहयोगमा संघले बहुउद्देश्यीय भवन बनाएपछि सहकारी उत्पादन विक्रीवितरणका लागि खुल्ला गरेको हो ।

प्रतिक्रिया दिनुहोस्