Logo

सर्पको टोकाइबाट प्रधानध्यापकको मृत्यु

१५ साउन ०७९, महोत्तरी ।  करेत सर्पको टोकाइकनठ महोत्तरीमा एक विद्यालयका प्रधानध्यापकको मृत्यु भएको छ । शनिबार राति उपचारका क्रममा माइस्थान पब्लिक एकेडेमीका प्रधानध्यापक युवराज श्रेष्ठको मृत्यु भएको हो ।
सर्पले टोकेको थाहा पाएपछि श्रेष्ठ आफै मोटरसाइकल चलाएर सर्पदंश उपचार केन्द्र बर्दिबासस्थित गौरिडाँडामा पुगेका थिए । ‘उहाँ सामान्य अवस्थामा आउनुभएको थियो, सर्पले टोक्यो भन्नुभयो । हामीले हेर्दा पछाडि ढाडमा र घाँटीनेर डसेको रहेछ,’ उपचारमा संग्लन चिकित्सक इन्द्र केसीले भने ।

उपचारको क्रममा श्रेष्ठलाई राति झन्डै १२ बजे स्वासप्रस्वासमा निक्कै अफ्ठ्यारो परेपछि जनकपुर प्रादेशिक अस्पतालमा पठाउने तयारी गर्दागर्दै निधन भएको सर्पदंश उपचार केन्द्र गौरिडाँडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्