Logo

काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत भेटिए

१६ साउन ०७९, काठमाडौं । काठमाडौं काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएका छन् । तारकेश्वर नगरपालिका– २ पदमसालमा एकै परिवारका चार जना मृत भेटिएका हुन् । गोरखा घर भई पदमसालमा बस्दै आएका दिनेश पाण्डेको परिवारका चार जना मृत भेटिएका हुन् ।

पाण्डे, उनकी श्रीमती सुनीता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिका मृत भेटिएका घटनास्थलमा पुगेका तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले जानकारी दिए ।
सुनीता र छोराछोरीको शव एउटा कोठामा छ, दिनेशको अर्को कोठामा छ । त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक विशेषज्ञको टोली पनि घटनास्थलमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्