Logo

काभ्रेस्थली घटना : घटनास्थलमा भेटियो ‘सुसाइड नोट’

१६ साउन ०७९, काठमाडौं  ।  काठमाडौं तारकेश्वर नगरपालिका २ काभ्रेस्थली, पदमसालको एकै परिवारका चार जना मृत भेटिएको घरमा ‘सुसाइड नोट’ भेटिएको छ ।

गोरखा घर भई यहाँ बस्दै आएका ४१ वर्षका दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षकी सुनिता काप्री पाण्डे, ८ वर्षका छोरा आशिक र १३ वर्षकी छोरी आशिका मृत अवस्थामा भेटिएका थिए ।

घटनाको अनुसन्धान गरिरहेका प्रहरीले दिनेश पाण्डेले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरेका छन् ।

घटनास्थलमा ४ पेजको ‘सुसाइड नोट’ समेत भेटिएको छ । त्यसमा के लेखिएको छ भन्ने चाहिँ प्रहरीले खुलाएको छैन । घटठनाको अनुसन्धानका लागि फरेन्सिक डा। गोपाल चौधरीसहितको टोली अनुसन्धानमा खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्