Logo

ललितपुरका मःम पसले मृत फेला


१८ साउन ०७९, ललितपुर । ललितपुर पुल्चोकमा एक पुरूष मृत भेटिएका छन् । बुधबार बिहान पुल्चोकस्थित एक घरमा डेरा गरी बसेका पुरूष मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
प्रहरीले उनको पहिचान खुलिनसकेको बताएको छ। पुल्चोक क्षेत्रमा उनी कुमार भनेर चिनिन्थे। उनी आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेका हुन् । उनको पुल्चोकमा मःम पसल छ ।

प्रतिक्रिया दिनुहोस्