Logo

आतंकवादी रहेको भन्दै नेपाल एयरलाइन्सको जहाज रोकियो, २ जना पक्राउ

१८ साउन ०७९, काठमाडौं । मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट २ जना शंकास्पद व्यक्ति पक्राउ परेका छन् ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

श्रीमान् श्रीमतीका रूपमा पहिचान खुलेका ती व्यक्ति कुनै आतंकवादी संगठनमा रहेको भन्ने सूचना कैलाली प्रहरीले सीआईबीलाई पठाएको थियो ।

काठमाडौंबाट बुधबार १:१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी आरए ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्