Logo

काभ्रेको पनौतीमा ग्याँस पड्केर आगलागीपछि लाखौको क्षति

fire gas
फाइल तस्बिर

१८ साउन ०७९, काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका ४ आईरी गाउँमा आगलागी भएको छ ।
प्रहरीका अनुसार यस ठाँउमा बस्ने राम बहादुर खत्रीको घर र गोठमा ग्याँस सिलिन्डर पड्किएर बुधबार बिहान आगलागी भएको हो ।
आगलागीपछि उनको घर, लत्ताकपडा, भाँडावर्तन, विभिन्न गहना, अन्नपात लगायतका सामानहरू जलेर करिब २६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्