Logo

बैंकिङ कसूर मुद्दामा बानेश्वरमा बस्‍ने आचार्य पक्राउ

१९ साउन ०७९,काठमाडौं ।  प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार एक जना अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका( २ घर भई हाल काठमाडौं बानेश्वरमा बस्‍ने ४६ वर्षीय दिपकचन्द्र आचार्य रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापागाउँबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धानको लागि प्रहरी वृत गौशाला पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनी बैंकिङ कसूर मुद्दामा १९ लाख ५० हजार बिगो नबुझाइ फरार रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्