Logo

डुकुछापका एक पुरुष नेपालटारमा मृत फेला

२० साउन ०७९, काठमाडौं । ललितपुरको गोदावरी डुकुछापका एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका ११ नेपालटार बस्ने ललितपुर गोदावारी नगरपालिका ८ डुकुछापका घर भएका ५२ वर्षीय राम बहादुर राय बिहीबार आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्