Logo

भूकम्पको केन्द्रविन्दु नुवाकोट(अपडेट)

ललितपुर खबर
२१ साउन ०७९, काठमाडौं । नुवाकोट बेल्कोट केन्द्रविन्दु बनाएर शनिबार बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा सूचना केन्द्रका अनुसार नुवाकोटको बेल्कोट केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

बिहान ५ बजेर २६ मिनेटमा गएको भूकम्पका कारण काठमाडौं उपत्यका, देशका विभिन्न ठाउँ साथै छिमेकी देश भारत र चीनका केही भूभागमा पनि धक्का मसुस भएको बताइएको छ ।

यसअघि ७ दिनअघि आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्