Logo

अरुको नामबाट मोटरसाइकलको ट्रायल दिने युवक भक्तपुरबाट पक्राउ

साँकेतिक तस्विर : इन्टरनेट

२१ साउन ०७९, भक्तपुर । नक्कली परिक्षार्थी बनि अर्काको नाममा मोटरसाइकलको टायल दिने एक युवब पक्राउ परेका छन् । प्रहरीका अनुसार परीक्षा दिएको अभियोगमा सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका १० घर भएका २१ वर्षीय सुजन भट्टराईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
मध्यपुर ठिमी नगरपालिका ९ राधेराधे ईजिवे ट्रायल सेन्टरमा यातायात व्यवस्था कार्यालयद्वारा सञ्चालित दुई पाङ्ग्रे सवारी साधनको प्रयोगात्मक परिक्षामा ललितपुर महालक्ष्मी नगरपालिका ६ बस्ने २९ वर्षीय सन्तोष थापाको नाममा परीक्षा दिने उनलाई यातायात व्यवस्था कार्यालय भक्तपुर र उपत्यका ट्राफिक कार्यालयबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्