Logo

भैसेपाटी सडक कालोपत्र नगरेको भन्दै स्थानीयले गरे बन्द


२१ साउन ०७९, काठमाडौं । कालोपत्र नगरेको भन्दै सर्वसाधारणले ललितपुरको भैसेपाटी सडक बन्द गरेका छन् । व्यावसायी तथा स्थानीय अजरमान जोशीका अनुसार ६ बर्षदेखि सडक मर्मत नभएका कारण सास्ती खेप्न नसकेर स्थानीयले तत्काल कालोपत्रको माग गरेर सडक बन्द गरेका हुन् ।
एनका अनुसार आज मेडिसिटी नजिकैको उकालो क्षेत्र बन्द गरिएको छ । भोलिबाट पुरै सडक बन्द गर्ने स्थानीयको योजना छ । उनले भने, ‘सडक कालोपत्रको काम सुरु नभएसम्म हामी लगातार सडक बन्द गछौं ।’
स्थानीयले जिल्ला प्रशासन कार्यालयलगायत सम्बिन्धित निकायलाई पटक पटक सडक मर्मत नहुँदा सास्ती खेप्नु परेको विषयमा ध्यानाकर्षण गराउदै आएका छन् ।
देशका ठूला नेता, उद्योगपती, कुटनीतिक नियोगका पदाधिकारी, पत्रकारलगायतको बसोकास रहेको भैसेपाटी आवास क्षेत्र यही सडक हुँदै जान सकिन्छ । उच्च पदस्थ व्यक्तिहरुको ताकेताकाबीच लामो समयदेखि अलपत्र अवस्थामा छ ।
केही दिनअघि सडक कालोपत्र गर्नका लागि ग्राइभेल विछ्याउन माटो निकाले पनि अहिले काम भएको छैन ।

* यस अगाडिको शिर्षक अन्यथा भएकाले सच्याइएको छ (सं)

 

 

प्रतिक्रिया दिनुहोस्