Logo

नर्भिकलाई मानवीय संवेदनाको आधारमा समय दियौं: बालेन

२४  साउन ०७९, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले नर्भिक अस्पतालले बनाएको संरचना हटाउन मानवीय संवेदनाका आधारमा समय दिएको बताएका छन् ।

मंगलबार दिउँसो नर्भिक अस्पताल पुगेर फर्किएका उनले सामाजिक सञ्जाल फेसबुक मार्फत स्पष्टीकरण दिएका छन्, ‘कानुन सबैका लागि बराबर हो भन्ने कुरामा हामी प्रष्ट छौँ । सडकमा होस् वा महलमा होस्, कानुनको पालना बराबर किसिमले हुनुपर्छ । नर्भिक अस्पताललाई कानुनको पालना गर्नका लागि समय दिइएको थियो ।’

नर्भिक अस्पतालले भाडामा लिएको १ रोपनी ८ आना जग्गामा नक्सापास नगरी संरचना बनाएपछि काठमाडौं महानगरपालिकाले सोमबार २४ घण्टाभित्र भत्काउन अल्टिमेटम दिएको थियो । त्यसपछि मंगलबार दिउँसो बालेन आफैं अस्पताल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्