Logo

संचारकर्मी लुईंटेललाई पत्रकारिता पुरस्कार

२५ साउन ०७९, काठमाडौं ।  संचारकर्मी राजेन्द्र लुईंटेल (राज) लाई यस वर्षको जिनियस म्यूजिक अवार्डमा पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । विगत डेढ दशकदेखि संचारकर्ममा सक्रिय संचारकर्मी लुईंटेललाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठ तथा विशिष्ठ संगीतकार एवं संगित तथा नेपाल सङ्गित तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकूलपति शम्भुजित बाँस्कोटाको हातबाट नगद पन्ध्र हजारसहितको पत्रकारिता सम्मान प्रदान गरिएको हो ।

राष्ट्रिय नाचघरमा सम्पन्न जिनियस म्यूजिक अवार्डको तेश्रो संस्करण तथा जिनियस म्यूजिक क्रियसनको १८ औं वार्षिकोत्सवको अवसरमा उनलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रत्येक वर्ष मनोरञ्जन क्षेत्रमा सक्रिय कलम चलाउने पत्रकारहरुलाई नगदसहित सम्मान गरिने उद्देश्य अनुरुप यो वर्ष लुईंटेलसँगै मध्यान्ह राष्ट्रिय दैनिकका वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठलाई पनि नगदसहित सम्मान गरिएको थियो ।

दिर्घ साधना सम्मानबाट वरिष्ठ गीतकार तथा वरिष्ठ स्त्री रोग विशेषज्ञ डा.भोला रिजाल तथा विशेष सम्मानबाट वरिष्ठ समाजसेवी राधिका शाक्य लगायतलाई सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा संचारकर्मी लुईंटेलले आफुले प्राप्त गरेको नगद राशी मानव सेवा आश्रमकी संरक्षक समेत रहेकी सम्मानित व्यक्तित्व समाजसेवी राधिका शाक्यलाई हस्तान्तरण गरेका थिए ।
राष्ट्रखबर, तथ्यखबर, राष्ट्रपत्र लगायत थुप्रै अनलाईन संचारमाध्यमका संचालक समेत रहेका लुईंटेलले राष्ट्रिय अन्तर्राष्ट्रिय गरी थुप्रै अवार्ड र सम्मान प्राप्त गरिसकेका छन् ।

कार्यक्रम व्यवस्थापन संघका उपाध्यक्ष समेत रहेका लुईंटेल रेडियो, छापा संचार, टेलिभिजन देखि अनलाईन संचारमाध्यममा आवद्धभैँ संचारका धेरै माध्यममा अनुभव संगालिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्