Logo

माधव नेपाललाई कोरोना संक्रमण

२७ साउन ०७९,काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना भाइरसको संक्रमण भएको छ । बिहीबार गरिएको परीक्षणमा उनलाई कोरोना संक्रमण देखिएको हाे । अध्यक्ष नेपाल अहिले सामान्य लक्षणसहित घरमै आराम गरिरहेका छन् । संक्रमण पुष्टि भएसँगै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको पनि अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्