Logo

संसद बैठकमा सासंदहरुको अशोभनिय दृश्य (तस्विरहरु)

२८ साउन ०७९,काठमाडौं । संसदीय मर्यादालाई संसारभर उच्च गरिमाका साथ हेरिन्छ । सासंदहरुले अमर्यादीय कृयाकलाप गर्नुलाई देशकै लज्जाको विषय मानिन्छ ।


तर नेपालको संसद बैठकमा भने ऐन कानूनको निर्माणका लागि विधयकमाथि भइरहेका गम्भिर छलफलमा सासंदहरुको उपस्थिती र कृयाकलापले संसदीय मर्यादालाई नै व्यंग्य गरेको देखिन्छ ।


संसद बैठकका धेरै समय कुर्सीहरु खाली नै हुन्छन् । सासंदहरु फोन गफमा केन्द्रित हुने,निन्द्रामा मस्त हुने,सारी,कपाल मिलाउने, बैठकको अन्तिम सिटतिर धेरै सासंद भेला भएर होहल्ला गर्नेजस्ता अशोभनिय कृयाकलाप गरिरहेको देखिन्छन् ।
कतिपय दृश्यहरु क्यामेरामा कैद भइरहेका हुन्छन् तिनै फुटेज भाइरल बन्छन् ।


हुन त संसद बैठकमा कुर्सी भाच्ने, माइक फोड्ने, वेल धेराउ गर्दै नाराबाजी गर्ने दृश्य संसदका लागि नौलो होइनन् ।
हुन त संसद बैठकमा सहभागी सासदहरुलाई बैठक अवधिभित्र मर्यादित रहनका लागि मर्यादापालक खटाइएका हुन्छन् । संसदमा हुने हुलहुज्जत, आक्रमणजस्ता कृयाकलाप रोक्न मात्रै केन्द्रित हुन्छन् ।
संसदभित्र रहेका नेपाल प्रहरीलाई तालिम दिएर मर्यादापालकले जिम्मेवारी दिइएको हुन्छ । उनीहरुले हतियार लैजान पाउदैनन् भने प्रधानमन्त्री,सभामुख,मन्त्रीलगायतका सुरक्षाकर्मी समेत संसद बैठकमा जान पाउदैनन ।
संघीय संसद अन्र्तगत प्रतिनिधि सभा बैठकमा देखिएको कही दृश्यहरु :

प्रतिक्रिया दिनुहोस्